काठमाडौं । ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’मा नेपाली कथानक चलचित्र ‘गौैँथली’ले ‘वेस्ट फरेन सिनेमा’को अवार्ड जितेको छ ।
फ्रान्समा मासिक र वार्षिक रुपमा हुने यो अवार्डमा नेपाली चलचित्र ‘गौँथली’ले ‘वेस्ट फरेन सिनेमा’को अवार्ड हात पारेको हो ।
यो फेस्टिभललाई ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’ रिभेम्बर द फ्युचर पनि भनिन्छ । यो फ्रान्सको क्यान्समा आयोजना हुने फिल्म फेस्टिभल हो । यो फेस्टिभलमा मासिक रूपमा अनलाइन सबमिट हुन्छ भने मासिक/वार्षिक रूपमा भौतिक स्क्रिनिङ, रेड कार्पेट र अवार्ड समारोह हुने गरेको छ ।
यो सफलतालाई चलचित्र ‘गौँथली’का निर्देशक र निर्माताले यसलाई ‘गौँथली’को अन्तर्राष्ट्रिय उडान भनेका छन् ।
“आज मन गर्वले भरिएको छ, अनि आँखामा खुसीका आँसु छन् । २५ वर्षअघि मेरा बुवा डा. भोला रिजालले निर्माण गर्नुभएको गीतिचलचित्र ‘गौँथली’को त्यही भाव, त्यही माया र त्यही विरासतलाई आत्मसात् गर्दै मैले नयाँ पुस्तासम्म नयाँ ढंगले पुर्याउने एउटा सानो प्रयास मात्र गरेको हुँ,” ‘गौँथली’का निर्देशक डा. कपिल रिजाल भन्छन्, “तर, आज ‘गौँथली’ले जुन माया, साथ र सफलता प्राप्त गरेको छ, त्यसले मन भावुक बनाएको छ ।”
उनले ‘गौँथली’ केवल एउटा चलचित्र मात्र नभएर यो भावना, सपना र नेपाली चलचित्रप्रतिको प्रेमसँग जोडिएको एउटा सुन्दर यात्रा भएको बताएका छन् ।
उनले यो सफलतालाई व्यक्तिगत सफलतामात्र नभएर सम्पूर्ण ‘गौँथली’ टिमको जित भएको बताएका छन् ।
निर्माता सुमन गिरीले गौरवमय इतिहास बनाएको बताएका छन् । “तपाईंहरूको माया, साथ र आशीर्वादले आज हाम्रो ‘गौँथली’ कान्ससम्म पुगेर विजेता बन्न सफल भएको छ ।