काठमाडौं । अवैध लागु औषधसहित नेपाल प्रहरीले कैलाली र मोरङबाट तीन जनलाई पक्राउ गरेको छ । कैलालीको गोदावरी नगरपालिका-१ अनामनगरबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्रामसहित सोही नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यता मोरङको धनपालथान गाउँपालिका-३ टिटैयाबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दर हरैचा नगरपालिका-४ बस्ने २९ वर्षीय राम कुमार चौधरी र रङ्गेली नगरपालिका-३ बेतौना बस्ने २४ वर्षीय सुरेन्द्र मर्डी रहेका छन् ।