फेरि सर्‍यो कांग्रेसको मतदान समय

964 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा मतदानको समय फेरि सरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले मतदानको समय एक घण्टा सारिएको जनाएको छ। मतदानको तयारी पूरा नभएकाले दिउँसो २ बजेदेखि मतदान सुरु गरिने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
यसअघि दिउँसो १ बजेदेखि मतदान सुरु गर्ने तय गरिएको थियो। बिहान १० बजेदेखि सुरु गर्ने कार्यतालिका भए पनि तयारी नपुगेकाले सारिएको थियो। 
आज मतदानको समय सार्नुअघि निर्वाचन समितिले पदाधिकारीका उम्मेदवारसँग छलफल गरेको थियो। 

सम्बन्धित समाचार