ज्योतिषीले खोले देशको दुर्दशा हुनुको रहस्य

384 Shares

काठमाडौं । बेलाबेलामा राजनीतिक भविष्यवाणी समेत गरेर चर्चामा आउने गरेका ज्योतिषी दीपक सुवेदीले संविधान दिवसकै दिन संविधानको बारेमा गम्भीर कुरा बताएका छन् । एउटा भिडियो सार्वजनिक गर्दै उनले त्यस्तो कुरा बताएका हुन् । संविधान जारी गर्दाको ग्रह राम्रो नपरेको उनको भनाई छ । संविधानको ग्रहले देश र जनताको भलाई हुन नदिने कुरा उनले विगतदेखि नै बताउँदै आएका छन् । राजा विरेन्द्रको मृत्युको भविष्यवाणी गरेर शुरुमा चर्चामा आएको ज्यो।सुवेदीले पछिका दिनहरूमा पनि बेलाबेलामा राजनीतिक भविष्यवाणी गर्दै आएका छन् । संविधानको ग्रह नराम्रो परेको मात्रै उनले बताएका छैनन्, बल्कि उपाय पनि सुझाएका छन् । 
संविधान दिवसको सन्दर्भ पारेर उनले यस पटक पनि महत्त्वपूर्ण अभिव्यक्ति दिँदै सो भिडियो सार्वजनिक गरेका हुन् । विशेष गरी संविधानको ग्रह र अन्य सम्बन्धित पक्षको समेत ग्रह हेरेर आफूले विगत देखि देशको बारेमा विभिन्न भविष्यवाणी गर्दै आएको उनको भनाई छ । संविधान लगायत देशको बारेमा उनले गर्दै आएको भविष्यवाणीको विषयमा सञ्चारक्षेत्र पनि थोरबहुत जानकार रहँदै आएको छ । ऐलेसम्मका उनका भविष्यवाणीहरू हेर्दा उनको भनाईमा ज्योतिष विज्ञानको रहस्य लुकेको पाईने गरेको महसूस् गर्नसकिन्छ । 
आफ्नो भनाई प्रति दृढता व्यक्त गर्दै ज्यो। दीपक गुरु भन्छन् मैले गरेको भविष्यवाणी सम्झेर बस्नुहोला र समयको प्रतिक्षा गर्नुहोला । आफूले विभिन्न सञ्चारक्षेत्रलाई दिने गरेको संवाद आफूले पनि खिचेर आफ्नो फोरकास्ट टेलिभिजन नामको युट्युब च्यानलमा राख्ने गरेको  र आफूले गर्ने गरेको भविष्यवाणीमा कहिले कहिले के के भनेको रैछ भन्ने जानकारी लिन चाहने व्यक्तिले हेर्नसक्ने बताउँदै ज्यो। सुवेदीले आफूले गरेको भविष्यवाणीलाई गलत सावित गर्नपनि चुनौति दिने गरेको छन् । राजनीतिक क्षेत्रलाई कि त आफ्नो भविष्यवाणी गलत सावित गरेर देखाउन कि त महत्त्वपूर्ण कामकार्य गर्दा ज्योतिषशास्त्रले निर्दृष्ट गर्ने शुभसमयमा गर्नगराउन सुझाव दिने गर्छन् । संविधानलगायत देशको लागि बाधा अड्चन दिने विपरित ग्रह भएका पक्षहरूको उपाय आफू सुझाउन पनि तयार भएको उनको भनाई छ । 
आफूले सुझाउने सुझावलाई अवलम्बन गरेको खण्डमा नेपाल विश्वको गुरुराष्ट्र हुने, आत्मनिर्भर हुने, स्वर्गतुल्य हुने र त्यस्तो खालको देशको उज्ज्वल भविष्य निर्माण गर्ने उपायको लागि राष्ट्रिय सहमति आवश्यक पर्ने उनको धारणा छ । त्यसको लागि राजनीतिकलगायतका शक्ति तथा पक्षहरू सहमतिमा आउनु पर्ने र यो कार्यमा सरकारमा रहेको पक्षले पहल गर्नुपर्ने उनको भनाई छ ।  ज्यो। गुरु दीपक सुवेदीले यस विषयमा दिएको अभिव्यक्तिको भिडियो जस्ताको तस्तै यस प्रकार रहेको छ–

https://www.youtube.com/watch?v=hza1RH44fSc 

सम्बन्धित समाचार