1.5k
Shares
काठमाडौं । गृह मन्त्रालयले साँझ ५ः४५ को समयमा नवनियुक्त आईजीपी डा।मनोजकुमार केसीलाई दज्र्यानी चिह्न ९फुली० लगाउने कार्यक्रम तय गरेको छ ।
मन्त्रालयस्रोतका अनुसार बिहीबार विहान फुली लगाइदिन डा.केसीले माग गरेका थिए । तर, गृहमन्त्री सुधन गुरुङको आग्रहपछि उनी आजै फुली लगाएर पदबहाली गर्न तयार भएका हुन् ।
प्रहरी प्रधान कार्यालयस्रोतका अनुसार नवनियुक्त आईजीपी डा.केसीलाई फुली लगाएपछि हेडक्वार्टर लैजानका लागि औपचारिक समारोहमा प्रयोग गरिने कालो गाडी गृह मन्त्रालय पठाइएको छ ।
उनको स्वागतका लागि प्रहरी हेडक्वार्टरमा आवश्यक तयारी शुरु भएको स्रोतले जनाएको छ ।