सल्यान । रोल्पाबाट दाङको घोराहीतर्फ कच्चापदार्थ बोकेर गुड्ने टिप्परकाकारण सल्यानको सडक संरचना र सडक सुरक्षामाथिगम्भीर प्रश्न उठ्न थालेको छ। निर्धारित क्षमताभन्दा दोब्बरभन्दा बढी भार बोकेर दैनिक दर्जनौँ टिप्पर गुड्दा सडकको अवस्थाबिग्रँदै गएको मात्रहोइन, दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको गुनासो छ।
रोल्पासिमेन्ट उद्योगकालागिकच्चापदार्थका रूपमाप्रयोग हुने कंक्रिट बोकेर सल्यानहुँदै दाङ पुग्ने टिप्परमध्ये अधिकांशले क्षमतामिचेर सामान ढुवानी गर्ने गरेको आरोप छ। सामान्यतः १५ टन क्षमताभएका टिप्परमा २८ देखि ३३ टनसम्म सामान बोकाउने गरिएको चालकहरूकै भनाइ छ। यसरी ओभरलोड बोकेर दैनिक ६० देखि ७० वटासम्म टिप्पर सञ्चालनहुने गरेको बताइन्छ।
यसले प्रश्न उठाएको छ—यति ठूलो संख्यामाक्षमताभन्दा दोब्बरभन्दा बढी भार बोकेका टिप्पर सडकमा गुडिरहँदा सम्बन्धितनिकायको निगरानीकहाँ छ?स्थानीयकाअनुसार ओभरलोडका कारण खानीदेखि कारखानासम्मको सडकको अवस्थादिनप्रतिदिन जीर्ण बन्दै गएको छ। सडकको क्षमता र निर्माण संरचनाले धान्ननसक्ने भार निरन्तर गुड्दा कालोपत्रे उखेलिने, सडक भासिने, खाल्डाखुल्डी बढ्ने तथा सडक संरचनामै क्षतिपुग्ने समस्या देखिएको छ।
सल्यानमा यसअघि तत्कालीन डीएसपी हेम केसी कार्यरत रहँदाओभरलोड टिप्परमाथि कडाइ गरिएको स्थानीय बताउँछन्। त्यतिबेलाक्षमताभन्दा बढी भार बोकेका टिप्परलाई नियन्त्रणमा लिने तथाकारबाहीगर्ने अभियानचलेपछि ओभरलोडमा उल्लेख्य कमीआएको उनीहरूको दाबी छ।तर अहिले डीएसपी दीपकपातलीको नेतृत्वमा रहेको प्रहरी प्रशासनले भने त्यस्तो प्रभावकारी नियन्त्रण गर्न नसकेको आरोप स्थानीयस्तरबाट उठिरहेको छ।विशेषगरी श्रीनगरस्थितजिल्ला ट्राफिक प्रहरी कार्यालयको भूमिकामाथिप्रश्न उठाइएको छ। ओभरलोड बोकेका टिप्पर नियमित रूपमा गुडिरहेको अवस्थामापनि ट्राफिक प्रहरीले प्रभावकारी कारबाहीनगरेको स्थानीयको गुनासो छ।
सबैभन्दागम्भीर आरोप भने टिप्पर चालकहरूबाटै आएको बताइएको छ। केहीचालकहरूले ओभरलोडमा सञ्चालनहुने टिप्परलाई नियमित रूपमाचलाउन ट्राफिक प्रहरीलाई मासिक रकमबुझाउने गरेको दाबी गरेका छन्।यदि यो आरोप सत्य हो भने विषय सामान्य ट्राफिक लापरबाहीमा सीमित रहँदैन। यसले कानूनकार्यान्वयनगर्ने निकायभित्रै आर्थिक लेनदेनकाआधारमा सडक सुरक्षाको नियमकमजोर बनाइएको गम्भीर प्रश्न खडा गर्छ।त्यसैगरी, चालकहरूबाट उठाइएको भनिएको रकम कर्णालीप्रदेश ट्राफिक प्रहरी प्रमुखको तहसम्मपुग्ने गरेको समेत दाबीगरिएको छ। यद्यपि यस्तो आरोपको स्वतन्त्र पुष्टि हुनबाँकी छ। त्यसैले सम्बन्धितप्रहरी अधिकारी तथाप्रदेश ट्राफिक नेतृत्वले यस विषयमा स्पष्ट जवाफदिनुपर्ने देखिन्छ।
ओभरलोडको प्रभाव सडकमा मात्रै सीमितहुँदैन। क्षमताभन्दाअत्यधिकभार बोकेको टिप्परको ब्रेकिङ दूरी बढ्न सक्छ, नियन्त्रणमा समस्याआउन सक्छ र मोड तथाउकालो–ओरालो सडकमा दुर्घटनाको जोखिमथपिन सक्छ।सल्यान हुँदै दैनिक ठूलो संख्यामा यस्ता टिप्पर आवतजावतगर्ने अवस्थामा सडकको दुरवस्था र ओभरलोडबीचको सम्बन्धलाई सम्बन्धितनिकायले प्राविधिक रूपमा समेत अध्ययनगर्नुपर्ने आवश्यकता देखिन्छ।
सडक निर्माण र मर्मतमा राज्यको ठूलो रकमखर्च भइरहेको अवस्थामानियमविपरीत अत्यधिकभार बोकेका सवारीलाई छुट दिने हो भने एकातिर सडक संरचना छिट्टै बिग्रने र अर्कोतिर त्यसको मर्मतमापुनः राज्यकोष खर्च हुने अवस्था आउँछ।त्यसैले अहिले सल्यानमा उठेको प्रश्न केवल ‘ओभरलोड टिप्पर किन रोकिएनन्?’ भन्ने मात्रहोइन। प्रश्नहो—कानूनकार्यान्वयनगर्ने निकायले कारबाहीगर्न नसकेको हो किकारबाहीनगर्नुको पछाडि कुनै आर्थिक स्वार्थ छ?यस विषयमाप्रहरी नेतृत्वले तत्काल छानबिन गरी वास्तविकता सार्वजनिकगर्नुपर्ने देखिन्छ। टिप्परको अतिरिक्तभारले सडक मात्रै थिचिरहेको छैन, राज्यको कानुनीशासनमाथि समेत प्रश्नचिह्न खडा गरिरहेको छ।