कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

152 Shares

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका लागि राहत रकम हस्तान्तरण गरेका छन् ।  

बिहीबार कारागारमा आयोजित एक कार्यक्रमकाबीच कैदीबन्दीका प्रतिनिधिहरूले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेललाई ५ लाख ५१ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरेका हुन् । 

उक्त रकम बैंकमार्फत ’प्रधानमन्त्री दैवी प्रकोप/राहत कोष’ मा जम्मा गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उनले रसुवाको बाढी, नुवाकोट तथा त्रिशूली क्षेत्रमा भएको तहसनहस ’महाप्रलय’ सरहको राष्ट्रिय विपत्ति भएकाले सबैको सहयोग आवश्यक रहेको धारणा राखे ।

उनले कानुनी दायराभित्र कारागारमा रहेका कैदीबन्दीहरू पनि यसै देशका नागरिक भएको र विपत्तिको यस घडीमा पीडितहरूप्रति उनीहरूको मन जोडिएको बताएका छन् ।

सहयोग रकम आर्थिक रूपमा जस्तो भए पनि यसको मानवीय महत्त्व र भावना अत्यन्त ठूलो र अमूल्य रहेको उनको भनाइ छ । 

सम्बन्धित समाचार