थपिए ६ हजार ४६२ संक्रमित, ४ जनाको मृत्यु

17.1k Shares

काठमाडौं । २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेको छ । पछिल्लो २४ घण्टामा ६  हजार ४६२ जना कोभिड १९ का संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो । 

यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन् । 

सम्बन्धित समाचार