दुई बालबालिकाको शव फेला, एक बालिका बेपत्ता

65 Shares

रौतहट । लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार  बिहान फेला परेको छ ।
हिजो दिउँसो नदिमा नुहाउन गएका एक बालक र दुई बालिका लालबकैया नदिमा बेपता भएका थिए । हराएकामध्ये भने एक बालिक अझै बेपत्ता छिन ।
हराएका मध्ये देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहमद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।  दुवै जनाको शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले बताए ।

सम्बन्धित समाचार