२ हजार ९ सय रुपैयाँ बढ्यो सुनको मूल्य

848 Shares

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार ८ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ३९० मा कारोबार भएको चाँदी आज ४ हजार ४०५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार