15.4k
Shares
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ हजार २७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७ जना संक्रमित थपिएका हुन् ।
यस्तै गत २४ घण्टामा देशभर १० हजार ७०३ जना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ । आज ७६६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ६५ हजार ३७४ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १८ हजार ६१८ पीसीआर तथा ४ हजार ४७४ एन्टिजेन परीक्षण भएको छ ।