लोकसेवा आयोगमा सरकारी हस्तक्षेपको आरोप लगाउँदै युवाको प्रदर्शन

877 Shares

काठमाडौं– लोकसेवा आयोगको स्वायत्ततामा सरकारी हस्तक्षेप भएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।  

विज्ञापन खोल्न वा पदपूर्ति गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था गरेर सरकारले आयोगको स्वायत्ततामा हस्तक्षेप गरेको भन्दै युवाहरूले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । 

लोकसेवा आयोगको स्वायत्ततामा अंकुश लगाउने सचिवस्तरीय निर्णय तत्काल खारेज गर्नुपर्ने उनीहरूको माग छ ।

त्यस्तै उनीहरूले हाल कार्यरत करार कर्मचारीहरूमध्ये १० प्रतिशतलाई मात्र कार्यसम्पादनका आधारमा निरन्तरता दिइने र बाँकी ९० प्रतिशतलाई हटाएर खुला प्रतिस्पर्धामार्फत स्थायी पदपूर्ति गरिनुपर्ने माग गरेका छन् ।

लोकसेवा आयोगले विज्ञापन नै नखोल्ने अवस्था आएमा विद्यार्थीहरूले गरेको मिहिनेत, तयारी र पढाइको कुनै मूल्याङ्कन नहुने भएकाले सबै परीक्षार्थीहरूलाई आफ्नो हक–अधिकारका लागि आन्दोलनमा सक्रिय सहभागी हुन युवाहरूले आग्रह गरेका छन् । 

सम्बन्धित समाचार