आईजीपी थापालाई बद्नाम गराउने उद्देश्यले प्रबन्धले थाल्यो ठेक्काको तयारी

17.7k Shares

काठमाडौ । नेपाल प्रहरीमा महानिरीक्षक शैलेश थापा क्षेत्रीको अवकाशको दिन नजिकिदै गर्दा उनलाई बदनाम हुने गरि प्रवन्धमा सामान खरिदका ठेक्काको तयारी भैरहेको छ । 

आगामी बैशाख १९ गते आइजिपी थापा र उनको समूहका अधिकृतहरू तीसबर्षे सेवा अवधिको कारण अवकाश हुदैछन् । उनी आइजिपी भए पछि भएका खरिद प्रक्रियामा कहीँ कतै बिबादमा परेका त छैनन् तर प्रबन्धमा बसेर खुलेयाम भ्रष्टाचार गरेकाहरूलाई उनले न त हटाए न त भ्रष्टाचारको छानबिन नै गरे । नेपाल प्रहरीमा सामान सप्लाई गर्ने ठेकेदारहरूले आफुहरूले विगतका बर्षहरूमा जस्तै ठेक्का पाएको रकमको प्रतिशतको आधारमा कमिशन बुझाउनु परिरहेको बताए । एडभान्स लिदा पनि कमिशन बुझाउनुपर्ने , म्याद थप गर्दा पनि कमिशन बुझाउनुपर्ने मात्रै होइन सामानको भुक्तानी लिए पछि पनि कमिशन बुझाउनुपर्ने बाध्यता रहेको छ । प्रतिशतको  आधारमा कमिशन बुझाउने कुरा आइजिपीलाई थाहा छ भन्दै एक ठेकेदारले भने , हामीले आइजिपी कहाँ कुरा पनि पुर्यायौ तर कुनै सुनुवाइ नै भएन ।

अहिले फेरि नयाँ निकाल्न लागेको टेण्डरमा पनि त्यस्तै सेटिङ गरि ठूलो कमिशनको चलखेल भैरहेको छ । अहिले अण्डरभेष्ट ट्राउजर , प्लेन डांङ्गरी र ब्याङकेटको टेण्डर निकाल्ने अन्तिम तयारी भैरहेको छ । उक्त टेण्डरमा केही ठेकेदारबाट मोटो रकम कमिशन लिएर उनीहरूको स्पेक ९ नमुना ० राखेर टेण्डर निकाल्ने तयारी भैरहेको प्रबन्धमा कार्यरत एक असईले जानकारी दिए । जस्तो प्लेन डाङ्रीमा ७५ प्रतिशत पोलिष्टर र २५ प्रतिशत भिसकोस राखी २२५ जिएसएम राखेर टेण्डर निकाल्ने तयारी भैरहेको उनले जानकारी दिए । अहिले यो सेटिङ मिलाउने र निश्चित ठेकेदारको स्पेक राखेर टेण्डर मिलाउने काम एसपी प्रेम बस्नेतले गरिरहेको पनि उजागर भएको छ ।

सम्बन्धित समाचार