मनाङे पाँचौँ पटक मन्त्री नियुक्त

17.9k Shares

काठमाडौं- गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) पुनः नियुक्त भएका छन्। एमाले संसदीय दलका नेता खगराज अधिकारी आइतबार मुख्यमन्त्री नियुक्त भएपछि उनकै मन्त्रिपरिषद्‌मा मनाङे पनि मन्त्री नियुक्त भएका हुन्। अधिकारी दोस्रो पटक मुख्यमन्त्री बनेका हुन् भने मनाङे पाँचौंपटक मन्त्री नियुक्त भएका हुन्।

मुख्यमन्त्री अधिकारीले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन्। लगत्तै माओवादी केन्द्रका हरिबहादुर चुमान र मनाङेले पनि मन्त्रीका रुपमा सपथ लिएका हुन्। दुवै मन्त्रीको मन्त्रालय टुंगो लागिसकेको छैन। उनीहरू बिना विभागीय मन्त्री नियुक्त भएका हुन्

मनाङे गत चैत ५ गते मात्रै सुरेन्द्रराज पाण्डे नेतृत्वको मन्त्रिपरिषद्‌मा मन्त्री नियुक्त भएका थिए। मन्त्री बन्नका लागि उनले अघिल्लो दिन मात्रै एकीकृत समाजवादी परित्याग गरेका थिए। निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भएका उनी तत्कालै एकीकृत समाजवादी प्रवेश गरेका थिए। सोही पार्टीबाट मन्त्री बन्ने उनको प्रयास असफल भएको थियो।

सम्बन्धित समाचार