५ लाख घुससहित पक्राउ परे कर अधिकृत

268 Shares

सिरहा । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रूपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।
अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई कार्यालय परिसरमै रंगेहात नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८र७९ को पूर्ण कर परीक्षण ९फुल अडिट० गर्ने क्रममा पालले अडिट प्रक्रिया अगाडि बढाइदिन ५ लाख रूपैयाँ मागेका थिए ।
आफूभन्दा माथिका कर अधिकृत प्रकाश राईसहित अन्य व्यक्तिलाई पनि मिलाउनुपर्ने भन्दै घुस मागेको पालमाथि आरोप छ । रकम नदिएसम्म अडिट प्रक्रिया अघि नबढ्ने बताएपछि कम्पनीबाट आवश्यक कागजातसमेत संकलन गरिएको स्रोतले जनाएको छ ।
कम्पनीका प्रतिनिधिलाई बुधबार दिउँसो १ बजेदेखि २ बजेसम्म कुराइए पनि रकम बुझेनन् । साँझ ६स्५६ बजे पालले फोन गरी आफू गोलबजार क्षेत्रमा रहेको जानकारी दिएका थिए । त्यसपछि उनले भोलिपल्ट बिहान ९ देखि १० बजेको बीचमा भेट्ने भन्दै एक बिचौलियाको सम्पर्क नम्बर पठाएका थिए ।
बिचौलियाले आफू बाहिर रहेको भन्दै आफ्ना भाइमार्फत रकम बुझाउन प्रस्ताव गरे पनि अन्ततः पालले रकम कार्यालयमै ल्याउन आज निर्देशन दिएका थिए। सोही क्रममा अख्तियारको टोलीले उनलाई रकम लिँदै गर्दा पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले कर अधिकृत पालमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

सम्बन्धित समाचार