अन्नपूर्ण आरोहणका लागि ४२ जनाले लिए अनुमति

10k Shares

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि वसन्तयाममा ४२ जनाले अनुमति लिएका छन् । अनुमति लिएका आरोहीहरु आधार शिविर पुग्न थालेका छन् । 

पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालिन यामका लागि चार समुहका ३० पुरुष र १२ महिला गरी ४२ जनाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएको पर्यटन विभागको  साहसिक तथा पर्वतारोहण शाखा निर्देशक आरती न्यौपानेले जानकारी दिनुभयो ।  

उहाँले भन्नुभयो, "वसन्तकालिन यामको अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि अनुमति दिन थालिएको छ । अहिलेसम्म ४२ जनाले अनुमति लिएका छन् । अघिल्लो वर्ष भन्दा यसपाली अन्नपूर्ण हिमाल आरोहण गर्न अनुमति लिने आरोहीहरु बढेका छन् ।"

उहाँका अनुसार आरोहीबाट एककरोड ४७ लाख ९ हजार चारसय २० रुपियाँ रोयल्टी समेत संकलन भएको छ । अघिल्लो वर्षको वसन्तकालिन यामको आरोहणका लागि २५ जनाले अनुमति लिँदा ५९ लाख ६१ हजार सात सय ८० रुपियाँ रोयल्टी  संकलन भएको थियो । 

सम्बन्धित समाचार