काभ्रे ट्राफिकको उठतीपुठतीले यातायात व्यवसायी हरौनीमा

15.7k Shares

बनेपा ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलान्चोक मातहत रहेका ट्राफिक पोष्टमा कार्यरत ट्राफिक प्रहरीको उठन्ती धन्दाले यहाँका यातायात व्यवसायीहरू हैरान भएका छन् ।

एकातर्फ कोरनाको कारण थलिएको यातायात क्षेत्रको अवस्था दयनीय त छँदैछ त्यसमाथि बल्लतल्ल सवारीसाधनहरू गुड्न थालेका के थिए फेरि तेस्रो भेरियन्टले आक्रान्त पार्न खोजेको बेला ट्राफिक प्रहरीको उठन्तीले व्यवसायीहरू आजित बनेको पनौती रूटमा बससेवा संचालन गर्ने एक व्यवसायी बताउँछन् ।

झण्डै एक बर्ष कोरनाको कारण थला परेको यातायात व्यवसाय केही तंग्र्रिन लागेको के थियो फेरि तेस्रो भेरियन्टको आगमन । खासगरी बनेपा  र धुलिखेलबाट ग्रामीण भेगमा चल्ने सवारी साधन र गिट्टी बालुवा बोक्ने ट्रिपरहरूलाई ट्राफिक प्रहरीले आफ्नो मुख्य आम्दानीको स्रोत बनाउने गरेको मेलम्ची क्षेत्रबाट गिट्टी बोक्ने ट्रिपर चालक बताउँछन् । उनले भने, हामी काठमाडौतर्फ जाँदा पाँचखाल, खावा, धुलिखेल चोकमा खटिने ट्राफिक प्रहरीलाई घुष नदिइ जान नसकिने अवस्था छ । उनले थपे सयदेखि दुई सय दिनैपर्छ काभ्रेको हकमा, अन्यथा अनेक बहाना बनाएर  रोकिदिन्छन्, धेरै जरिवाना लगाई दिन्छन् बरू घुष दियो गयो ।

कहिले गाडीको व्लुबुक फेल भएको हुन्छ, कहिलेकाहीं क्षमताभन्दा केही बढी सामान हुन्छ, त्यही बहानामा ट्राफिकले घुष लिने गरेको बताउंँदै अर्का ट्रिपर चालक भन्छन्, सबै ठीक भए पनि रोकेर हैरान पार्छन् अनि हामीलाई समयमा सामान पुर्याउनुपर्ने हुन्छ त्यसैले बाध्य भएर पनि घुष दिनुपर्छ । काभ्रेको दोलालघाट र मेलम्ची क्षेत्रबाट चल्ने हरेक ट्रिपरले पोष्टैपिच्छे ट्राफिक प्रहरीलाई सयदेखि दुई सय घुष अनिवार्य नै हो ।

यसका अलावा शहरबाट ग्रामीण क्षेत्रमा चल्ने सानादेखि ठूला यात्रु  बोक्ने साधनले ट्राफिक प्रहरीलाई घुष ख्वाउनु नै पर्छ । ती साधनको पनि समस्या रिनु फेल बाहेक यातायात कार्यालयबाट स्वीकृत नगरीकन सिट थप्ने  र यात्रु चढाउनु नै हो । कतिपय रूटमा चल्ने बसले छतभरि यात्रु बोक्छन् त्यो पनि ट्राफिक प्रहरीको कमाईखाने भांडो भएको छ । अझ विशेषगरि यातायात कार्यालयबाट रूट परमिट नलिने तर बनेपा तथा धुलिखेलबाट यात्रु बोक्ने सानादेखि ठुला गाडी नै छन् । तिनीहरूबाट ट्राफिक प्रहरीले हप्तावारी रकम उठाउँछ । काभ्रेमा ट्राफिक प्रहरीका पोष्टहरू आठ वटा रहेका छन् । ती पोष्टहरूमा दोलालघाट, पाँचखाल, मंगलटार, काभ्रे भन्ज्याङ, खावा, धुलिखेल, बनेपा समेत छन । एकातर्फ हरेक पोष्टले रकम उठाउने त छँदैछ फेरि अन्य कार्यक्रम, भोजभतेर भन्दै त्यसको बाहनामा कहिले खसी, बोतलदेखि रकम समेत माग्ने काम पनि हँुदै आएकोे धुलिखेल काठमाडौ बस व्यवसायी समितिका एक सदस्यले बताए ।


सम्बन्धित समाचार