मदन पुरस्कारका लागि छानिएका १० वटा कृतिकाे सूची सार्वजनिक

1.4k Shares

काठमाण्डाै – ‘मदन पुरस्कार २०८२’ का लागि छनोटमा परेका पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले आज १० वटा पुस्तकको सूची सार्वजनिक गरेको हो ।

२०८२ को मदन पुरस्कारका लागि प्राप्त भएका २९८ पुस्तकमध्ये गुठीले १० वटालाई ‘श्रेष्ठ सूची’ का रूपमा छनोट गरेको हो । यिनै १० वटा पुस्तकमध्येबाट एउटा सर्वाेत्कृष्ट पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ ।

मदन पुरस्कार गुठीले सार्वजनिक गरेको श्रेष्ठ १० पुस्तकहरूमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी (राजभण्डारी) को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ रहेका छन् ।

२०८१ सालको मदन पुरस्कार छुदेन काविमोको पुस्तक ‘उरमाल’ ले प्राप्त गरेको थियो ।

सम्बन्धित समाचार