रवि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण

16.4k Shares
काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  
बिहीबार बिहान सामाजिक सञ्चालमार्फत लामिछानेले आफू र पत्नी निकिता पौडेललाई पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । 
उनले लेखेका छन्,‘गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ । हामी दुबैको स्वास्थ सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।
सम्बन्धित समाचार