कोपा अमेरिका : क्यानडालाई पराजित गर्दै उरुग्वे तेस्रो

16.3k Shares

काठमाडौँ- कोपा अमेरिका फुटबलअन्तर्गत तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा क्यानडाविरुद्ध उरुग्वे विजयी भएको छ। निर्धारित समयमा २–२ को बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा उरुग्वेले क्यानडालाई ४–३ ले पराजित गरेको हो ।

खेलको आठ मिनेटमा सुरुवाती अग्रता लिएको उरुग्वेविरुद्ध २२ औँ मिनेटमा गोल गर्दै क्यानडाले बराबरी गरेको थियो। उरुग्वेका लागि आठौँ मिनेटमा रोड्रिगोले गोल गरे भने क्यानडाका लागि बराबरी गोल २२ औँ मिनेटमा इस्माइल कोनेले गरे।

८० औँ मिनेटमा क्यानडाका जोनाथन डेभिडले गोल गर्दै २–१ को अग्रता बनाए पनि ९० मिनेटपछि अतिरिक्त समयको दोस्रो मिनेटमा उरुग्वेका लागि लुइस स्वारेजले गोल गर्दै खेल २–२ बराबरीमा फर्काएका थिए।

सम्बन्धित समाचार