आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्न पनि खोप कार्ड अनिवार्य

17.8k Shares

काठमाडौँ । आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्नदेखि सार्वजनिक सेवा दिन खोप कार्ड अनिवार्य भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो । सरकारले खोप कार्ड नभए त्यसको फोटो भए पनि बोक्नुपर्ने निर्णय गरेको छ ।

देशभर कोरोना संक्रमितहरुको संख्या तीव्र बढेपछि शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा लागू हुने गरी नयाँ आदेश जारी गरिएको छ ।

तीनै जिल्लाका प्रजिअहरुले जारी गरेको आदेशअनुसार सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको छ । जसअनुसार जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधनमात्रै चलाउन पाइनेछ ।

जोरबिजोर प्रणाली सार्वजनिक यातायात, निजी सवारीसाधन र दुई पांग्रे सवारीसाधनमा समेत लागू हुनेछ । सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्ने उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेशमा उल्लेख छ । 

आदेशअनुसार स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुनेछैन ।

सम्बन्धित समाचार