1k
Shares
काठमाण्डौ — आज दिउँसोको तुलनामा राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा रातिको समयमा ठूलो पानी पर्ने सम्भावना छ ।
यस्तै दिउँसो देशका हिमाली, पहाडी तथा तराईका धेरै ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर राति भने हिमाली र पहाडी भू–भागमा वर्षाको सम्भावना धेरै छ ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले नदी–नाला आसपास, पहिरो जाने क्षेत्र तथा सडक यात्रामा निस्कंदा विशेष सावधानी अपनाउन महाशाखाको सुझाव छ ।