केशर महलबाट चोरी भए पुरातात्विक महत्त्वका सामान

15.6k Shares

काठमाडौं, माघ ६ । केशरमहलबाट बाघको टाउको, तरबारलगायत पुरातात्विक महत्त्वका सामानहरु चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चोरीमा संलग्न भएको आरोपमा केशरमहलमै काम गर्ने तीन जनालाई पक्राउ गरेको हो । उनीहरुलाई केहीबेरमा सार्वजनिक गर्ने तयारी महाशाखाले गरेको छ ।

महाशाखाका स्रोतका अनुसार केही समय अघिमात्रै केशरमहलबाट पुरातात्विक महत्त्वका सामान हराएका थिए। सामान हराएको सूचना प्रहरीमा आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

त्यसको केही दिनमै ती सामानहरु बोरामा प्याक गरेर केशरमहलकै बाथरुम छेउमा राखिएको अवस्थामा भेटिएको थियो । 

ती सामानहरु त्यही काम गर्ने व्यक्तिले लगेको र प्रहरीले अनुसन्धान अघि बढाएपछि उनीहरुले बोरामा प्याक गरेर सामान केशरमहलमै ल्याएर राखेको पाइएको छ ।

सम्बन्धित समाचार