बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

12.7k Shares

काठमाडौं – प्रहरीले काठमाडौंबाट बैकिङ कसुर मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

सप्तरीको लक्ष्मिपुर पतारी गाउँपालिकाका ३७ वर्षिय महेश चन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई शुक्रबार काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।

महेशविरुद्ध अनिल कुमार यादवले जाहेरी दिएका थिए । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पठाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार