शेयर बजार २ हजार ७०० विन्दुमुनि झर्‍याे

1.1k Shares

काठमाण्डाै – शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव १६ अङ्कले घटेर २ हजार ६७५ दशमलव ४८ विन्दुमा झरेको छ ।

आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन तथा प्रशोधन समूहको सूचक १ दशमलव ९२ प्रतिशतले ओरालो लागेको छ । आज २३९ वटा कम्पनीको शेयर घटेकोमा २३ वटाको बढेको छ । यस्तै १० वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज बुङ्गल हाइड्रोको शेयर १५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको शेयर १५ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३५३ वटा कम्पनीका १ करोड ४० हजार कित्ता शेयर ४ अर्ब ३६ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित समाचार