1.9k
Shares
काठमाण्डौ — हप्ताको पहिलो कारोबारदिन हिजो बढेको सुनचाँदीको भाउ आज पनि बढेको छ । आज सुन १ हजार ४सय रुपैयाँले बढेर तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलामा ६ रुपैयाँले बढेको थियो । यसअघि गएको हप्ता कारोबार हुने अन्तिम दिन शुक्रबार भने सुनको भाउ तोलामै साढे १० हजार रुपैयाँले घटेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको ४ हजार ७ सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
गएको हप्ता शुक्रबार चाँदीको भाउ पनि तोलामा ३ सय ५ रुपैयाँले घटेको थियो ।