सुनचाँदीको भाउ सामान्य घट्यो

1.1k Shares

काठमाण्डौ - आज सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ आज १०० रुपैयाँले घटेर तोलाको २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३५ रुपैयाँले घटेर तोलाको ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

हिजो चाँदीको भाउ तोलाको ४ हजार ९८० रुपैयाँ थियो । 

सम्बन्धित समाचार