आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

2.7k Shares

काठमाण्डौ - आज पनि देशका विभिन्न ठाउँमा मौसम बदलीसहित वर्षाको सम्भावना छ । आज दिउँसो बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

त्यस्तै मधेससहित कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा मात्रै तातो दिन हुनेछ ।

यसअघि गए राति काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परेको थियो । झापासहित दाङ, तनहुँ, काठमाण्डौमा मध्यमसम्मको वर्षा भएको छ । पानी परेका क्षेत्रमा केही शीतल महसुस भएको छ ।

पर्सी शुक्रबार र शनिबार केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको छ ।

सम्बन्धित समाचार