रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको ज्यान गयो

790 Shares

काठमाण्डौ - रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान भएको जीप दुर्घटनामा तीन जनाको ज्यान गएको छ । 

बिहान करिब ८ बजे भएको दुर्घटनामा एक महिला र दुई पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ । विकट ठाउँमा दुर्घटना भएकाले थप जानकारी आउन बाँकी रहेको छ । 

प्रहरीका अनुसार जीप गाडी सडकबाट करिब ६०० मिटर तल खसेको छ । दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय घर्ती गाउँबाट प्रहरी टोली खटिएको पनि श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । 

सम्बन्धित समाचार