चीनको कोइलाखानीमा विस्फोट : कम्तिमा ९० जनाको ज्यान गयो

819 Shares

चीनको कोइला खानीमा बिस्फोट हुँदा कम्तिमा ९० जनाको ज्यान गएको छ । उत्तरी चीनको सान्छी प्रान्तस्थित चाङझी सहरको लिउसेन्यू कोइला खानीमा बिस्फोट हुँदा उनीहरुको ज्यान गएको बीबीसीले जनाएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यम चाइना डेलीका अनुसार खानीमा विस्फोट हुँदा २ सय ४७ जना कामदार काम गरिरहेका थिए । सरकारले २ सय १ जना कामदारलाई सफलतापूर्वक उद्धार गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बेपत्ता भएकाहरूको सम्भव भएसम्म सबै उपाय अपनाएर उद्धार गर्न निर्देशन दिनुभएको छ ।

प्रहरीले खानी सञ्चालक कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गरी बिस्फोटको कारणबारे अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ । 

सम्बन्धित समाचार