14k
Shares
काठमाडौं । नेकपा (एमाले) बाट निश्काषित नेतृ रामकुमारी झाँक्रीले आफूलाई गरिएको निश्काषनले कुनै प्रभाव नपारेको स्पष्ट पारेकी छिन् ।
उनले केपी शर्मा ओली पार्टी अध्यक्ष भएर प्रधानमन्त्रीसम्म भएको अवस्थामा गद्दारी र घात गरेको आरोप लगाएकी छिन् । उनले आफूहरु ओलीको प्रवृत्तिविरुद्ध अन्तिम दम रहुञ्जेलसम्म लड्ने बताईन् ।
सकेसम्म एमालेभित्रै रहेर संघर्ष गर्ने आफूहरुको योजना रहेको उनको भनाई छ । उनले अब एमालेभित्र एकताको लागि आफूहरुले पनि शर्त राखेको सुनाईन् । संसद् विघटन गरेको कुरा गलत भयो भनेर सार्वजनिक रुपमा प्रधानमन्त्री ओलीले भन्नुपर्ने उनको भनाई छ । उनले बरु हात काट्न तयार हुने तर केपी ओलीको अपराधकर्ममा सहीछाप नगर्ने स्पष्ट पारेकी छिन् ।