18.3k
Shares
बार्सिलोनाका फरवार्ड लुइस स्वारेज इटालियन क्लब युभेन्टस जान सहमत भएको जनाइएको छ । अब यसका लागि उनले बार्सिलोनालाई मनाउनुपर्नेछ ।
बार्सिलोनामा उनको सम्झौता अवधि एक वर्ष बाँकी रहँदै नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले स्वारेजसहित केही खेलाडीलाई आफ्नो योजनामा नरहेको सूचित गरेका थिए ।
उरुग्वेका खेलाडी स्वारेजले बार्सिलोनासँग सो एक वर्षको ज्याला पनि माग्ने रिपोर्टहरुमा जनाइएको छ । युभेन्टस जाने उनको प्रयास सफल भए स्वारेज क्रिस्टियानो रोनाल्डोसँगै खेल्ने छन् ।
सन् २०१४ मा लिभरपुलबाट बार्सिलोना आएका स्वारेजले २८३ खेलमा १९८ गोल गरेका छन् । एजेन्सी