एशियन गेम्स छनोट र एसीसी प्रिमियर कप खेल्ने नेपाली महिला टोलीको बिदाइ

964 Shares

काठमाण्डाै – मलेशियामा हुने दुई वटा अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिता खेल्ने जाने नेपाली राष्ट्रिय महिला टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज काठमाण्डौमा एक कार्यक्रमका बीच टोलीको बिदाइ गरेको हो ।

नेपालले मलेशियामा यही मे २३ देखि ३१ सम्म ‘एशियन गेम्स महिला छनोट’ र लगत्तै जुन १ देखि १३ सम्म ‘एसीसी महिला प्रिमियर कप’ खेल्नेछ ।

प्रतियोगिताका लागि क्यानले इन्दु बर्माको कप्तानीमा टोली घोषणा गरेको छ । टोलीमा १४ सहित ४ जना वैकल्पिक खेलाडी रहेका छन् ।

सम्बन्धित समाचार