प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने अधिकार मसँग छैन : सभामुख अर्याल

1.2k Shares

काठमाण्डाै – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले आफूसँग प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्को बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताउनुभएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीलाई उपस्थित गराउनका लागि रुलिङ गर्न विपक्ष दलका सांसदहरूले माग गरेपछि उहाँले सभामुख अर्यालले याे कुरा प्रष्ट्याउनुभएको हो । उहाँले कुनै पनि सांसदहरूलाई सभामा उपस्थितिका लागि कार्यतालिका तोक्ने अधिकार र आधार आफूसँग नभएको बताउनुभयाे ।

सभामुख अर्यालले आफूले आजको बैठक सञ्चालन गराउन विपक्षी दलका सांसदहरूलाई आग्रह गर्दै सभामा उपस्थितिका लागि आजै बेलुका प्रधानमन्त्रीसँग आफूले छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार