फिफा विश्वकप फुटबलमा आयोजक अमेरिका अष्ट्रेलियालाई हराउँदै नकआउट चरण प्रवेश गरेको छ । नकआउट चरणमा पुग्ने घरेलु टोली अमेरिका दोस्रो टोली हो ।
यसअघि हिजो अर्को आयोजक मेक्सिको नकआउट चरणमा पुगिसकेको छ । अमेरिकाको सिएटल स्टेडियममा गएराति सम्पन्न खेलमा अमेरिकाले अष्ट्रेलियालाई २ गोलले हरायो । अमेरिकाको जितमा एलेक्स फ्रीम्यानले एक गोल गरे भने एक गोल उसले उपहारका रुपमा प्राप्त गर्यो ।
खेलको ११औँ मिनेटमा अष्ट्रेलियाका क्यामरुन बर्गेसले बल क्लियर गर्ने क्रममा आफ्नै गोलपोष्ट छिरेपछि अमेरिकाले अग्रता लिएको थियो । खेलको ४३औँ मिनेटमा अमेरिकाका एलेक्सले थप गोल गरे । त्यसपछि खेलमा थप गोल भएन ।
यो जितसँगै समूह ‘डी’मा रहेको अमेरिकाले २ खेलबाट ६ अङ्क जोडेको छ । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई हराएको थियो ।