एकैदिन ६,७३४ कोरोना संक्रमित, तीन जनाको मृत्यु

18.7k Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा साढे ६ हजारबढी कोरोना संक्रमित थप भएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार तीनजनाको मृत्यु भएको छ भने २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना देखिएको छ ।

१७ हजार ४६५ जनाको परीक्षण गरिएको थियो । संक्रमितमध्ये ५ हजार ७४७ जना पीसीआर र ९८७ जना एन्टीजेन परीक्षणबाट संक्रमित थप भएका हुन् ।

सम्बन्धित समाचार