तोलामा २ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

3.1k Shares

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ  ।  

हिजो सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।  

त्यस्तै, सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर ४ हजार ७ सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७२० रुपैयाँ थियो ।  

सम्बन्धित समाचार