काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान संविधान कांग्रेसको नेतृत्वमा जारी भएको भन्दै संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले नै लिनुपर्ने धारणा राखेका छन् ।
ललितपुरको गोदावरीमा पार्टीको महासमिति बैठकको समापनमा समारोहमा उनले कांग्रेसले अन्य राजनीतिक दललाई विश्वासमा लिएर संविधान जारी गरेको स्मरण गर्दै संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले नै लिनुपर्ने समय आएको बताए ।
संविधान जारी गर्ने बेला विभिन्न राजनीतिक दलहरूसँग गरेको प्रतिबद्धता बमोजिम संविधानलाई समयानुसार परिवर्तनशील दस्तावेजकारुपमा ग्रहण गरी संविधान संशोधनको नेतृत्व गर्नुपर्ने उनको भनाइ थियो ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहनुभएका खड्काले कांग्रेसका तर्फबाट वर्तमान मन्त्रिमण्डलमा सहभागी नौ मन्त्रीले पार्टीले शीर झुकाउनु पर्ने गलत काम नगरेको उल्लेख गरे।