15.2k
Shares
काठमाडौं, ३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको भेटवार्तालगत्तै उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाईएको छ ।
आज विहानमात्रै प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । उक्त भेटमा स्थानीय तहको निर्वाचनदेखि राष्टियसभाको निर्वाचनको बारेमा छलफल भएको थियो । प्रचण्डको सचिवालयका अनुसार स्थानीय तहको चुनावबारे छलफल गर्न राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरे पनि सरकारले मिति घोषणा गरेको छैन। समन्वय समितिको बैठकमा यही विषयमा छलफल हुने बताईएको छ । समितिको संयोजकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल छन् ।