काठमाण्डौ - पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
अहिले बिहान साढे ८ बजे सचिवालय बैठक बसेर अबको योजनाबारे निर्णय लिने पार्टी सचिव महेश बस्नेतले जानकारी दिनुभएको छ । सरकार राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बाटोमा उत्रिएको भन्दै उहाँले एमालेले संघर्षका कार्यक्रम थाल्ने पनि बताउनुभयो ।
एमालेका भ्रातृ संगठनहरूले हिजो नै संयुक्त विज्ञप्ति निकालेर सुरक्षाकर्मीको हकमा छुट्टै समिति बनाएर अनुसन्धान गर्ने तर राजनीतिक नेतृत्वको हकमा सिफारिस कार्यान्वयन गर्नुले सरकार विपक्षीप्रति पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको ठहर गरेको छ ।
न्यायिक सिद्धान्त विपरीत हुने कुनै किसिमको धरपकड मान्य नहुने र त्यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी एमालेका भ्रातृ संगठनले दिएका छन् ।