नेपाली सेनाले माग्यो विभिन्न पदमा १६० बढी कर्मचारी

19.3k Shares

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरुमा गरी १६० जनाभन्दा बढी कर्मचारी माग गरेको छ। सेनाको भर्ना छनौट निर्देशनालयले सूचना जारी गर्दै प्राविधिक, हवाई तथा विविध सेवा तर्फका पदिक तथा विल्लादार पदहरुमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने दरखास्त आह्वान गरेको हो। 

सेनाले सैनिक स्वास्थ्य, सैनिक इन्जिनियरिङ, हवाई सम्भार, पण्डित, लेखा समूहमा गरी १६७ जना कर्मचारी माग गरेको हो। 

कर्मचारी माग गरिएको पदहरुमा मंसिर २९ गतेदेखि पुस २९ गतेसम्म दरखास्त आह्वान गर्न सकिने छ। दोब्बर दस्तुर बुझाइ माघ ६ गतेसम्म दरखास्त बुझाउन सकिने सेनाले जनाएको छ।

Nepal_Army_Vacancy-1702609562.jpg

सम्बन्धित समाचार