काठमाडौँ ।पारिवारिक कथावस्तुमा आधारित टेलिचलचित्र 'संस्कार' शुक्रबारदेखि प्रसारण सुरु हुने भएको छ।
'संस्कार' ले पारिवारिक सम्बन्ध, सामाजिक मूल्य र जीवनका यथार्थ पक्षलाई प्रस्तुत गर्नेछ।
टेलिचलचित्रमा आरजे सिंह, निर्मला खाती, र अन्य कलाकारहरूको अभिनय रहेको छ।
पारिवारिक कथावस्तुमा निर्माण भएको टेलिचलचित्र ‘संस्कार’ शुक्रबारदेखि प्रसारणमा आउने भएको छ । निर्माण युनिटले ललितपुरमा एक कार्यक्रम गर्दै टेलिचलचित्रको प्रसारणसम्बन्धी जानकारी दिएको हो ।
सरोज दाहालको लेखन तथा निर्देशन रहेको ‘संस्कार’ ले पारिवारिक सम्बन्ध, सामाजिक मूल्य–मान्यता र जीवनका यथार्थ पक्षलाई देखाउनेछ । आरजे सिंह र निर्मला खाती निर्माता रहेको टेलिचलचित्रको छायाङ्कन निर्मल ढकालले गरेका हुन् ।
आरजे सिंह, नारायण खाती, राम बुढाथोकी, सरोज दाहाल, सीमा दाहाल, चण्डिका बस्नेत, दीपक बिके, समिता रिजाल, रुष्मिता रम्तेल, निर्मला खाती, मन्दिरा पोखरेल भण्डारी, नरेन्द्र शाही, सुरजकुमार त्रिखत्री र दीपक घमाल लगायतको अभिनय रहेको टेलिचलचित्रमा सुवर्ण टिभीको अफिसियल च्यानल मार्फत प्रसारणमा आउनेछ ।