टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

5.3k Shares

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं) ले क्षयरोग नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन खुद्रा औषधि व्यवसायीहरूलाई औपचारिक रूपमा राष्ट्रिय साझेदारका रूपमा समावेश गर्न सरकारसँग आग्रह गरेको छ ।

संघले जारी गरेको प्रेस विज्ञप्तिमा क्षयरोग अझै पनि विश्वकै प्रमुख सङ्क्रामक घातक रोगमध्ये एक रहेको उल्लेख गर्दै विश्व स्वास्थ्य संगठनका तथ्यांक उद्धृत गरेको छ । संघले जारी गरेको प्रेस विज्ञप्तिमा क्षयरोग (टीबी) अझै पनि विश्वकै प्रमुख संक्रामक घातक रोगमध्ये एक रहेको उल्लेख गर्दै विश्व स्वास्थ्य संगठन को तथ्यांक उद्धृत गरेको छ । 

सन् २०२४ मा विश्वभर करिब १ करोड ७ लाख मानिस टीबीबाट प्रभावित भएका थिए भने करिब १२.३ लाख जनाको मृत्यु भएको अनुमान गरिएको छ । यस वर्षको विश्व क्षयरोग दिवसको सन्देश ‘हो हामी क्षयरोग अन्त्य गर्छौ : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भनी डब्लुएचओले अघि सारेको सन्दर्भमा संघले राजनीतिक इच्छाशक्ति, सामुदायिक सहभागिता र बहु क्षेत्रीय सहकार्य अपरिहार्य रहेको जनाएको छ । 

नेपालमा पनि क्षयरोग गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीको रूपमा कायम रहेको उल्लेख गर्दै संघले औषधि प्रतिरोधी क्षयरोग (डीआर-टीबी) बढ्दो चिन्ताको विषय बनेको जनाएको छ । संघका अनुसार बिरामीहरूमा लामो समयसम्म खोकी, ज्वरो, तौल घट्ने वा राति पसिना आउने जस्ता लक्षण देखिँदा उनीहरू प्रायः सबैभन्दा पहिले नजिकको औषधि पसलमा पुग्ने गर्छन् । त्यसैले खुद्रा औषधि व्यवसायीहरूलाई टीबी नियन्त्रणको ‘पहिलो सम्पर्क बिन्दु’ का रूपमा औपचारिक रूपमा मान्यता दिनुपर्ने माग गरिएको छ ।

सम्बन्धित समाचार