कांग्रेसले स्वीकार गरेन सभापति गगन थापाको राजीनामा

4k Shares

काठमाडौं- नेपाली कांग्रेसको शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ ।

आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले थापाले बुधबार सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको हो ।

गत बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामासम्बन्धी पत्र केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकमा पेश भएको थियो ।

उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले फागुन २१ गतेको निर्वाचनको समीक्षा र पार्टीको नियमित पन्ध्रौँ महाधिवेशनबारे पनि छलफल गरेको थियो । त्यही छलफलका क्रममा सभापति थापाको राजीनामाबारे सबै नेताको कुरा सुनेपछि स्वीकार नगर्ने निर्णय आइतबार गरेको हो ।

थापा अनुपस्थित रहेपछि सभापतिको कुर्सी खाली राखेर बैठक सञ्चालन गरिएको थियो। बैठकको नेतृत्व उपसभापति शर्माले गरेका थिए ।

प्रतिनिधिसभा निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्ने उद्देश्यले बोलाइएको बैठकमा दुईवटा प्रस्ताव पेश गरिएको थियो ।

बैठकमा पेश गरिएका प्रस्तावहरूमा पहिलो, सभापति थापाले दिएको राजीनामासम्बन्धी विषय र दोस्रो, प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक समीक्षा समेटिएको थियो । तर चुनावी समीक्षासमेत गरेको बैठकले कम्तीमा नियमित महाधिवेशनसम्म थापाकै नेतृत्वमा कांग्रेसलाई लैजानुपर्ने निचोड निकालेको हो ।

सम्बन्धित समाचार