च्यासल युथका १९ खेलाडी कोभिड संक्रमित

17.6k Shares

च्यासल युथ क्लबका १९ खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार हुने भनिएको नेपाल पुलिस क्लबविरुद्धको खेल स्थगित भएको छ । 

बिहीबार च्यासल युथका सहायक प्रशिक्षक आशिक थापामगरले रक्षक कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोरोना संक्रमण भएको बताएका थिए । तर, आइतबार १९ खेलाडीमा कोभिड–१९ संक्रमण देखिएकाले च्यासल र नेपाल पुलिस क्लबबीचको खेल स्थगित भएको हो । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले १४ खेलाडी उपलब्ध भएपछि खेल खेलाउने निर्णय गरेको थियो । तर, च्यासलले २८ खेलाडीमात्र दर्ता गरेको छ । त्यसैले च्यासल युथका १४ खेलाडी पनि उपलब्ध नहुने भएपछि खेल स्थगित हुने भएको छ । एन्फाले दोस्रो खेलको टिकट बिक्री नगर्नका लागि अनलाइन टिकट वितरण सजिलो पेलाई दोस्रो खेलको टिकट बिक्री नगर्न निर्देशन दिइसकेको छ । 

‘‘मैले पनि क्लबका १५, १६ खेलाडीमा कोभिड–१९ पोजेटिभ देखियो भनेर सुनेको हुँ । तर, म आफैँ पछिल्लो समय विरामी भएर घरबाट निस्केको छैन,’’ च्यासल युथ क्लबका अध्यक्ष रमेश ब्यञ्जनकारले भने, ‘‘अब हेरौं आजको खेल हुन्छ कि हुँदैन ।’’

सम्बन्धित समाचार