इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको

5.6k Shares

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीले काठमाडौंमा खरदारीसहित प्रदर्शन गरेको छ । 

इनिशा बिकको न्यायालयका लागि भन्दै संयुक्त नागरिक पार्टी विद्यार्थी तथा महिला विभागले मंगलबार माइतीघरमा खबरदारीसहित प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले इनिशाको हत्यारालाई कारबाही गर, बलात्कारको अन्त्य गर, सुरक्षित समाज निर्माण गर, बलात्कारीलाई फाँसीको सजाय हुने कानून बना लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरूले पीडित परिवारले न्याय नपाएसम्म आन्दोलन नरोकिने जनाएका छन् ।  सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् ।

पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखिएपछि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार