उपभोक्ताहरू खाना पकाउने ग्यासको अभावका कारण मारमा परेका छन्।
ग्यास सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ताहरू सिलिन्डर लिएर भौतारिरहेका छन्।
आयल निगमले शुक्रबारदेखि आधा सिलिन्डर ग्यास बेच्ने जनाएको छ।
काठमाडौँ । खाना पकाउने ग्यास बितरणमा समस्या देखिएपछि आम उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।
सरोकारवाला निकायले नेपालमा प्रयाप्त मात्रामा ग्यास आपूर्ति भइसकेको दावी गरेपनि सहज रुपमा उपलव्ध हुन नसक्दा आम उपभोक्ता प्रत्यक्ष मारमा परेका हुन् ।
सहज रुपमा ग्यास नपाएपछि उपभोक्ताहरु खाली सिलिण्डर लिएर भौतारिरहेका छन् भने बितरण केन्द्रमा लामो लाइन देखिएको छ ।
ग्यासको सहज बितरणमा समस्या देखिएपछि आयल निगमले शुक्रबारदेखि आधा सिलिन्डर ग्यास बिक्रिबितरण हुने जनाएको छ ।
मध्यपूर्वमा देखिएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको आपूर्तिको समस्याको प्रभाव नेपालमा पनि देखिन सक्ने भएकाले सहज व्यवस्थापन गर्नुपर्ने उपभोक्ताहरुको भनाइ छ ।