काठमाडौँ । राप्रपा नेपालले आगामी असोज ३ गते देशब्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । आज पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा बसेको समिक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासकको पुत्ला जलाउन तथा राँके जुलुश प्रर्दशन गर्ने निर्णय गरेको छ ।
प्रदर्शनलाई ब्यापकता दिई सफल बनाउन पार्टीले पार्टीको जिल्ला कमिटी, भातृसंगठन र आमजनतालाई आह्वान समेत गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
आज बसेको बैठकमा गत भाद्र २९ गते भएको बिरोध प्रदर्शनको समिक्षा र भाबी कार्यक्रमको बारेमा छलफल भएको थियो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अहिले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाले मुलुकलाई सड्ढटको दलदलमा फसाएकोले मुक्तिका लागि अब सडक संघर्षका माध्यमबाट ब्यबस्था परिवर्तनमा जोड दिए ।