चुनाव पर्यवेक्षणका लागि विभिन्न देशका प्रतिनिधि र कुटनीतिज्ञ नेपाल आइपुगे

3.8k Shares

काठमाण्डौ — प्रतिनिधिसभा सदस्य चुनावको पर्यवेक्षणका लागि विभिन्न देशका प्रतिनिधि र कुटनीतिज्ञ नेपाल आइपुगेका छन् । निर्वाचन आयोगले पर्यवेक्षणका लागि आमन्त्रण गरेका छिमेकी र मित्र देशका पाहुना काठमाण्डौ आइपुगेका हुन् ।

आयोगले १० देशका अतिथिलाई आमन्त्रण गरेकोमा पाकिस्तानबाहेक सबै देशबाट प्रतिनिधि उपस्थित भएका छन् । भारत, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, मलेसिया, इन्डोनेसिया, जापान र रुसबाट प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू आइपुगेका छन् ।

पाकिस्तानलाई आमन्त्रण गरे पनि उसले दूतावासबाटै अवलोकन गर्ने जानकारी गराएको छ । संस्थागततर्फ आयोगले ३ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र ३९ वटा राष्ट्रिय संस्थाहरुलाई चुनाव पर्यवेक्षणको अनुमति दिएको छ ।

सम्बन्धित समाचार