काठमाडौँ । दसैँ नजिकिँदै गर्दा उपत्यकामा खसीबोका, भेडा, च्याङ्ग्रा, राँगा बिक्री केन्द्रमा उपभोक्ताको भिड बढेको छ । उपत्यकामा दसैँलाई लक्षित गरेर आमउपभोक्ताका लागि खसीबोका, भेडा, च्याङ्ग्रा, राँगालगायतको खरिदबिक्री गर्न तोकिएका विभिन्न १० स्थानमा खसीबोका खरिद गर्न उपभोक्ताको भिड बढेको हो ।
पशुुसेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई केन्द्रमा राखेर पशुुको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिएको छ । विभागका क्वारेन्टिन महाशाखा प्रमुुख डा. राजेश यादवले उपत्यकामा नौ स्थानमा पशुुचौपाया र एक स्थानमा माछाको स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिनुभयो । बिहीबार परीक्षण भएकोमा छ वटामा स्वास्थ्य समस्या देखिएको बताउँदै उहाँले घटस्थापनादेखि दसैँको छैटौँ दिन मङ्गलबारसम्म उपत्यकाका १० वटा बिक्री केन्द्रमा २५ हजार खसीबोका, च्याङ्ग्रा, भेडा, बाख्री, राँगा बिक्री भएका छन् ।
विभागका अनुुसार गत वर्ष दसैँका बेला ३८ हजार खसीबोका, च्याङ्ग्रा, भेडा, बाख्री, राँगा गरेर ३८ हजारभन्दा बढी बिक्री भएका थिए । यो वर्ष पनि त्यही हाराहारीमा बिक्री हुुने अनुुमान विभागले गरेको छ । विभागका अनुसार उपत्यकामा दसैँमा मासुुका लागि खसीबोका, च्याङ्ग्रा, भेडा, राँगालगायतका चौपाया एकै पटक धेरै भित्र्याइने भएकाले बिरामी हुुन सक्ने र जसको उपभोगले मानव स्वास्थ्यमा असर पर्न सक्ने भन्दै विभागले उपत्यकाका १० स्थानमा क्वारेन्टाइन परीक्षण गर्दै आएको छ । उपत्यकामा खसीबोका तथा पशुुचौपाया बिक्रीका लागि लोकन्थली, कङ्लकी,, टुुकुुचा, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, चापागाउँ, टोखा, सल्लाघारी, चन्द्रागिरि, बालाजुुमा खसीबोका, च्याङ्ग्रा, भेडा बिक्री केन्द्र तोकिएका छन् भने चौभारमा राँगा बिक्री केन्द्र तोकिएको छ ।
यस्तै कालीमाटी फलफूल तथा तरकारी बजारलाई माछा बिक्री केन्द्र तोकेर माछाविज्ञबाट खान योग्य भए वा नभएको परीक्षण भएको विभागले जनाएको छ ।